काठमाडौ, जेठ १ (हाकाहाकी)– सर्वोच्च अदालतले कोरोना भाइरस नियन्त्रण गरेर आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पिसिआर परीक्षणको दायरा बढाउन सरकारको नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पिसिआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन सरकारको नाममा आदेश जारी गरेको हो ।
अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट पहिलो सुनुवाई गर्दै सर्वोच्चले सर्वोच्चको नाममा यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले परिक्षणका बारेमा सरकारले गरेको कार्यहरुको बारेमा लिखित जवाफसहित पेश गर्न पनि भनेको छ । सर्वोच्चले यो निवेदनमाथि आज सुनुवाई गर्दै सरकारका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ ।