Thursday, November 7, 2024

शिक्षण अस्पतालकी एक बिरामीमा कोरोना देखिएपछि ४५ जना क्वारेन्टाइनमा

काठमाडौ, जेठ १ (हाकाहाकी)– त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

उहाँलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । न्यूरो वार्डमा रहेका पाँच जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरू सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड(१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार