काठमाडौ, जेठ १ (हाकाहाकी)– कोरोना संक्रमितहरुको संख्या परीक्षणसँगै ह्वात्तै बढन थालेपछि जिल्ला प्रशासन काठमाडौं उपत्यकाको लकडाउनलाई अझ कडा बनाउने रणनीतिमा लागेको छ ।
गृह मन्त्रालयमा आजबसेको बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर तीनै जिल्लाका सिडिओ, उपत्यकाका मेयरहरु, उपत्यका प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखसहितको बैठकले बाहिरबाट काठमाडौं प्रवेश गरेकामा कोरोना भाइरस संक्रमण देखिएपछि लकडाउन कडाइ गर्ने निर्णय गरेको छ ।
बैठकले उपत्यका प्रवेश गर्ने नाकामै कोरोना भाइरस संक्रमण परीक्षण गर्ने छ । उपत्यकामा लकडाउनबीच वैशाख २५ पछि खुलाउने निर्णय भएका संघसंस्थाहरुलाई फेरी बन्द गराउन सुझाव दिइएको हो ।
उपत्यका भित्रका जिल्लाबाट वितरण गरिएका पास खारेज गरी एक अर्का जिल्लामा जान नपाइने गरी कडाई गर्न लागिएको हो ।