काठमाडौ, जेठ १ (हाकाहाकी)– गृहमन्त्रालयले एउटा जिल्ला भित्र गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सबै पास रद्द गर्ने निर्णय लिएको छ।
गृहमन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा ’बादल’को उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
गृहका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला भित्र गाडी चलाउन पाउने गरी यसअघि जारी भएका सबै पास रद्द गरिएको जानकारी दिनुभएको छ ।
यसअि जिल्ला बाहिर जाने पास आजदेखि लागू हुने गरि रद्द भइसकेको उहाँले बताउनुभयो ।
उपसचिव अधिकारीले यही शनिबारदेखि लागू हुने गरी जिल्ला भित्र पनि गाडी चलाउने गरी जारी गरिएका सबै पास रद्द गर्ने निर्णय भएको बताउनुभएको छ।
यो निर्णय राजधानी उपत्यकासहित देशका सबै जिल्लामा लागू हुने उहाँले जानकारी दिनुभयो ।
यसअघि जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न मितिमा पास जारी गरेका थिए। ती पासको दुरुपयोग भएको गुनासो पनि आएको थियो ।