Thursday, November 7, 2024

विषालु मदिराबाट मेक्सिकोमा ४२ को मृत्यु

काठमाडौ, जेठ १ (हाकाहाकी)– मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गर्दा ४२ जनाको मृत्यु भएकोछ ।

राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको दोशाँधमा रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ ।

मदिरा सेवन गरेपछि ती मानिसहरु वान्ता गर्ने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए ।स्थानीय अधिकारीहरुले कोरोनाभाइरसका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ ।त्यही कारण मानिसहरुले मिसावटयुक्त मदिरा सेवन गरेको बि.बि. सि ले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार