काठमाडौ, बैशाख ३१ (हाकाहाकी)— नेपाल आयल निगमले करिब १० लाख लिटर हवाई इन्धनलाई मटितेलका रुपमा बेच्न भएको छ ।
लकडाउनका कारण आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय हवाई इन्धन बिक्रि ठप्प भएपछि हवाई इन्धनलाई मटितेलमा ‘डाउन ग्रेड’ गर्न छलफल थालिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताउनुभयो ।
कोरोना कहरकाकारण निम्तिन सक्ने सम्भावित अभावलाई टार्न फागुन अन्तिम सातादेखिनै धेरै मात्रामा खरिद गरेर भण्डारणमा मौज्दात भरी बनाउँदा अहिले हवाई इन्धन डिपोमा खन्याउन नपाइएको निगमले जनाएको छ ।
भण्डारणमा खन्याउन नपाएर ५७ दिनदेखि ५० वटा ट्याकंरमा थन्किएको हवाई इन्धनलाई डाउन ग्रेड गर्न खोजिएको निगमको भनाइ छ ।
कोरोनाका कारण चैत ६ गतेदेखि हवाई सेवामा प्रतिबन्ध लागेपछि हवाई इन्धन बिक्रि बिक्री ९९ प्रतिशतले घटेको निगमको दाबी छ ।