काठमाडौ, बैशाख ३१ (हाकाहाकी)— कोरोना संक्रमितको संख्या बढेको क्रम जारी छ । बुधबार मात्र २४ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ८ जना, पर्सामा ३ र नवलपरासीमा १ जना छन । सबैको स्वास्थ्य अवस्था सामान्य छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा उनीहरुको स्वाब परीक्षण गरिएको थियो ।
यो सँगै संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार बुटवलबाट २५ वर्षीय पुरुष र चितवनका ६३ वर्षको महिला घर फर्किएपछि ठीक भएर घर फर्किनेको सङ्ख्या ३५ पुगेको छ ।
बुधबारसम्म ८१ हजार ५ सय बढी कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ¥यापिड टेस्टविधिमार्फत ६० हजार ३ सय १९ र पीसीआर विधिमार्फत २१ हजार ३ सय ४० वटा गरी ८१ हजार ६ सय ५९वटा परीक्षण गरिएको जनाएको छ।
प्रवक्ता डा. देवकोटाले पछिल्लो २४ घण्टामा दुवै विधिमार्फत गरी ३ हजार ४९ वटा परीक्षण गरिएको जानकारी दिनुभएको छ । मन्त्रालयका अनुसार हालसम्म २ सय ४५ संम्भावित संक्रमित र संक्रमित आइसोलेसनमा छन् ।
तीमध्ये ६ जना उपत्यकामा र काठमाडौ ंबाहिर २३९ जना छन । त्यसैगरी, प्रदेश नम्बर ५ मा ७२ र सुदूरपश्चिम प्रदेशमा ५ जना सङ्क्रमित छन्भने कर्णाली प्रदेशमा आजसम्ममा सङ्क्रमण नभएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि परीक्षण गर्ने स्वास्थ्य सामग्री पर्याप्त मात्रामा भएको जनाएको छ ।
मन्त्रालयमा बुधबार आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायर बढाइएको र परीक्षण गर्ने स्वास्थ्य सामग्री पयाप्त संख्यामा रहेको जानकारी दिनुभएको हो ।