काठमाडौ, बैशाख ३१ (हाकाहाकी)— दक्षिण कोरियाली प्रधानमन्त्री चुङ्ग सी–क्युले राजधानी सोलको नाइट क्लबमा गएका सबैलाई कोरोना परीक्षण गराउन भन्नुभएको छ ।
सोलको नाइट क्लबमा गएकामध्ये एक सय १९ जनामा सङ्क्रमण देखिएपछि अहिलेसम्म २२ हजार जनाको परीक्षण गरिएको छ ।
अहिले सोलका कम्तीमा १० वटा बार र क्लब जाँचकर्ताहरुको निगरानीमा छ ।
गएको अप्रिलको अन्त्यतिर दोस्रो पटक नाइट क्लब खुलेपछि सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य अधिकारीहरु अहिले त्यस इलाकामा रहने व्यक्तिहरुको मोबाइलको जीपीएस र क्रेडिट कार्डको रेकर्डमार्फत हजारौँ व्यक्तिहरुलाई ट्रेस गरिरहेका छन् ।
एल जी बी टी क्यू (लेस्बियन गे बाइसेक्सुअल ट्रान्सजेन्डर र क्वीयर) समुदायका कैयौँ व्यक्तिहरु पनि ती क्लबमा गएका थिए तर उनीहरु भेदभाव हुने डरले सार्वजनिक हुन नचाहेका सिएनएन समाचारले जनाएको छ ।
प्रधानमन्त्री क्युले भने यदि उनीहरुमा कोभिड–१९ पोजेटिभ पाइए उनीहरुको व्यक्तिगत जानकारी हटाउने बताउनुभएको समाचारमा उल्लेख छ ।