Thursday, November 7, 2024

कोरियामा एकै दिन ३४ जना संक्रमित भेटिए

काठमाडौ, बैशाख २८ (हाकाहाकी)–दक्षिण कोरियामा शनिबार मात्रै ३४ जना नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।
अप्रिल ९ यता एकै दिनमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक रहेको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी) ले जनाएको छ । संक्रमितको संख्या वृद्धि हुनुमा सिओलको नाइटक्लब मुख्य कारक भएको अनुमान गरिएको छ ।

एक २९ वर्षीय युवक कोरोनाभाइरसको संक्रमण पुष्टि हुनअघि मे २ मा तीन वटा नाइटक्लबमा पुगेका थिए । त्यहीबाट उनले संक्रमण फैलाएको बताइएको छ । यसअघि, दक्षिण कोरियाले लगभग महामारीलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
आज सम्म नाइटक्लबको क्लस्टरमा ५४ जना संक्रमित फेला परिसकेका छन् । यसमध्ये ४३ जना क्लबमै पुगेका थिए बाँकी ११ जना उनीहरुको सम्पर्कमा आएका थिए । अधिकारीहरुका अनुसार क्लब पुगेका १९ सय ४६ जनाको ट्रेसिङ जारी रहेको बताइएको छ ।

उनीहरुलाई सेल्फ आइसोलेसनमा राख्न थालिएको सहरका मेयर पार्क वुन सुनले जानकारी दिए । दक्षिण कोरियामा हालसम्म १० हजार ८७४ संक्रमित फेला परेका छन् जसमध्ये ९ हजार ६१० जना निको भइसकेका छन् । मृतत्रको संख्या २ सय ५६ रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार