काठमाडौ, बैशाख २८ (हाकाहाकी)– नेपाल स्टक एक्सचेन्जले साउनदेखि पूर्ण रुपमा अनलाइन कारोबार गर्न निर्देशन जारी गरेको छ ।
नेप्सेले यसका लागि साउनसम्म मेरो शेयरको खाता खोल्दा निस्शुल्क हुने व्यवस्था गरेको छ । नेपाल धितोपत्र बोर्डले गत शुक्रबार दोस्रो बजार सञ्चालन गर्न निर्देशन जारी गरेसँगै नेप्सेले मंगलबारदेखि बजार दुई घण्टा खुल्ने जनाएको छ ।
नेप्सेले आगामी मंगलबारदेखि कारोबार सुचारु गर्नका लागि सम्पूर्ण सदस्य दलाल, लगानीकर्तालगायत सबैलाई ९ बुँदे निर्देशन जारी गरेको छ।