काठमाडौ, बैशाख २८ (हाकाहाकी)– दोस्रो डिभिजनको जर्मनी क्लब डायनामो ड्रेसडेनले पुरै टोलिलाई दुई हप्ताका लागि आईसोलेसनमा पठाएको छ ।
दुई जनामा कोरोनाको संक्रमण देखिएपछि हिजो शनिबार पुरै टिमका खेलाडी तथा स्टाफलाई दुई हप्ताका लागि आईसोलेनमा लगिएको हो । बुन्डेशलिगा र दोस्रो डिभिजनको लिग मे १६ बाट सुरु हुदैछ ।
अबरुद्ध लिग सुरु हुनु हप्ता दिन अघि दोस्रो डिभिजनको क्लबका सबै खेलाडी तथा अफिसियल दुई हप्ताका लागि आईसोलेसनमा राखिएको छ । कोरोनाका कारण युरोपको शीर्ष डिभिजनको क्लब फुटबल अबरुद्ध छ । तर कोरोनाको महामारीपछि सुरु हुन लागेको बुन्डेशलिगा युरोपको शीर्ष डिभिजनको लिग फुटबल हो ।