काठमाडौ, बैशाख २४ (हाकाहाकी)– नेपाल एअरलाइन्सको चार्टर्ड वाइबडी जहाज २८१ जना यात्रु लिएर अस्ट्रेलियाको सिड्नीको लागि प्रस्थान गरेको छ ।
बुधबार दिउँसो २ः१५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्सको बाइडबडी ३३० जहाज सिड्नीको लागि प्रस्थान गरेको विमानस्थलले बताएको छ ।
जहाजमा १४५ जना नेपाली नागरिक छन् भने ११९ जना अस्ट्रेलियन नागरिक छन् । त्यसैगरी, १७ जना बालबालिका छन् । नेपालस्थित अस्ट्रेलियन दूतावसाले जहाज चार्टर्ड गरेको हो । यसपटक अस्ट्रेलिया जाने यात्रुको टिकट व्यवस्थापन पनि नेपाल एअरलाइन्सले नै गरेको थियो ।
सिड्नीको लागि उडेको जहाज फर्किँदासीधै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी, नेपाल एअरलाइन्सको अर्को बाइडबडी जहाज आजै चीनको राजधानी बेइजिङ उडेको छ । नेपाल एअरलाइन्सको दुवै जहाज भोलि काठमाडौं फर्किने उडान तालिका छ।