Thursday, November 7, 2024

थानकोट नाकाबाट ३१ सवारीसाधन फर्काइयो

काठमाडौ, बैशाख २४ (हाकाहाकी)– उपत्यका प्रवेश गर्न खोज्‍ने पास बिना आएका ३१ सवारीसाधनलाई बुधबार थानकोट नाकाबाटै फर्काइएको छ ।

तराईका जिल्लामा कोरोना संक्रमित बढेपछि काठमाडौं प्रवेशमा कडाइ गरिएको हो ।

विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गएको चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ। जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन–जान रोक लगाइएको छ।

बुधबार बिहानदेखि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गरिएको थानकोट प्रहरी प्रभागका प्रहरी निरीक्षक हेमन्त थापाले बताउनुभएको छ।

उहाँका अनुसार बिहानदेखि अहिलेसम्म ३१ वटा सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ।

सवारी साधनमा आएका चालक र सहचालक लगायत मृत्यु संस्कार र बैंकका कर्मचारी, स्वास्थ्यकर्मीलाई प्रवेश गर्न दिइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

विद्युतको तार मर्मत गर्न जाने र दूरसञ्चार प्राधिकरणको प्राविधिक काम गर्ने कर्मचारीलाई पनि प्रवेश गर्न दिएको उहाँले बताउनुभएको छ । पैदल यात्रु भने कसैलाई पनि प्रवेश गर्न नदिएको उहाँको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार