काठमाडौ, बैशाख २४ (हाकाहाकी)– बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमित नेपालीको संख्या २४५ पुगेको छ ।
गएको बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको थियो ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो ।
बहराइनमा एक हजार ९ सय ५० जना संक्रमित उपचारमा छन् १ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् । तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन ।
बिरामीमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ ।
कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।
अहिले बहराइनमा सेमिलकडाउन छ । कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम भइरहेको छ । दुतावासका अनुसार बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।