काठमाडौ, बैशाख २४ (हाकाहाकी)– संघीय संसदका राष्ट्रिय सभा सदस्यहरुको पीसीआर बिधिबाट बिहीबार कोरोना परीक्षण हुने भएको छ ।
बैशाख २६ गतेबाट सुरु हुन लागेको संसद बैठकअघि नै सांसदहरुमा कोरोना भए नभएको पुष्टि गर्नका लागि यो परीक्षण गर्न लागिएको संसद सचिवालयले जानकारी दिएको छ ।
बैशाख २६ गतेबाट शुरु हुने संघीय संसदको वर्षे अधिवेशनको अघिल्लो दिन भोली २५ गते संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि राष्ट्रिय सभाका सांसदहरुको पिसिआर टेष्ट हुने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाका सञ्चार विज्ञ अशोक पौडेलले जानकारी दिनुभएको छ ।