Thursday, November 7, 2024

नेपालगञ्जमा पछिल्लो पटक स्वाब लिइएका ३४ जनाको पिसिआर नेगेटिभ

काठमाडौ, बैशाख २४ (हाकाहाकी)– पछिल्लो पटक स्वाब लिइएका नेपालगञ्जका ३४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

नेपालगञ्ज आसपासबाट संकलन गरिएको ५४ स्वाबमध्ये ३४ को रिपोर्ट आएको हो । भेरी अस्पताल, नेपालगञ्जले आज अपराह्न आफ्नो फेसबुक पेजमार्फत रिपोर्ट सार्वजनिक गरेको छ।

नेपालगञ्जका ५४ जना, मेडिकल कलेज र बर्दियाका १२ जना गरी ६६ जनाको स्वाब परीक्षण गरिएकोमा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको र ३२ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

नेपालगञ्जमा २३ जना संक्रमित देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी, स्वाब संकलन र परीक्षणलाई तिब्रता दिइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार