Thursday, November 7, 2024

अन्तराष्ट्रिय उडान र सीमा नाका जेठ १८ सम्म बन्द

काठमाडौ, बैशाख २४ (हाकाहाकी)– सरकारले अन्तर्रा्ष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले अन्तर्रा्ष्ट्रिय रुपमै कोरोना सङक्रमण बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तर्रा्ष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अन्तर्रा्ष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसअघि अन्तर्रा्ष्ट्रिय उडानमा जेठ २ सम्मका लागि प्रतिबन्ध लगाइएको थियो । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपाल–भारत आवतजावतमा दुईतर्फी रोक लगाइएको थियो । सरकारले यसलाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको हो । पछिल्लो समय नेपालगन्ज लगायतका स्थानमा कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको अवघि थप गरेको हो । लकडाउन थप गरे पनि सरकारले कम प्रभावित क्षेत्रमा केही खुकुलो हुनेगरी लकडाउनको मोडालिटी तय गरेको बताइए पनि सार्वजनिक भने गरिएको छैन।

ताजा समाचार

सम्बन्धित समाचार