कामाठाडौ, बैशाख २४ (हाकाहाकी)– सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
बुधबारको मन्त्रिपरिषदको बैठकले फेरि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि भोलि वैशाख २५ सम्मलाई लकडाउन गर्ने निर्णय गरेको थियो ।
सरकारले कोरोनाको संक्रमण बढ्न नदिन भन्दै लकडाउन लम्ब्याउँदै आएको छ। त्यस्तै मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सङ्क्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको थियो ।
सरकारले पहिलो पटक चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको थियो । त्यसपछि पटक पटक थपिएको लकडाउन वैशाख २५ गते सम्म निरन्तर छ । विश्वभर फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको छ ।