काठमाडौ, बैशाख २३ (हाकाहाकी)– मानव अभियानका लागि प्रयोग हुने चीनको लङ मार्च–५बी रकेटको प्रक्षेपण सफल भएको छ ।
लङ मार्च–५बी ठूलो रकेट हो । आज पहिलोपटक यसको उडान परीक्षण गर्दा, उडान सफल भएको सिन्ह्वा समाचारले जनाएको छ । चीनले हेनान प्रान्तमा स्थानीय समयअनुसार साँझ ६ बजे वेनच्याङ स्पेस लन्च सेन्टरबाट यो रकेट प्रक्षेपण गरिएको थियो । चाइनाज म्यानड स्पेस एजेन्सीका अनुसार यो रकेटले प्रयोगात्मक अन्तरिक्षयान बोकेको छ ।