Thursday, November 7, 2024

‘सवारी पास छ भन्दैमा उपत्यका नआउनुहोस, थानकोटबाट फर्किनुपर्ला’

काठमाडौ, बैशाख २३ (हाकाहाकी)– सवारी पास बनाउँदैमा अब उपत्यका प्रवेश गर्न नमिल्ने व्यवस्था गरिएको छ ।
दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘प्रवेश निषेध’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताउनुभयो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पनि अत्यावश्यक सवारीबाहेक जिल्लाबाट पास बनाएका कुनै पनि सवारी साधनलाई काठमाडौ उपत्यका प्रवेशमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँले रेडियो सगरमाथा १०२.४ सँगको कुराकानी गर्दै उक्त जानकारी दिनुभएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार