Thursday, November 7, 2024

रुसमा तीन जना चिकित्सकले अस्पतालको झ्यालबाट हाम फाले

काठमाडौ, बैशाख २३ (हाकाहाकी)–रुसमा पछिल्लो दुई सातायता तीन जना चिकित्सकले अस्पतालको झ्यालबाट हाम फालेको अमेरिकी समाचार संस्था सीएनएनल‍े जनाएको छ।
सीएनएन का अनुसार हाम फलानेकामध्ये दुई जनाको मृत्यु भएको छ भने एक जनाको अस्पतालमा उपचार भइरहेको छ ।
कोरोना भाइरस महामारीबीच रुसमा चिकित्सकले झ्यालबाट हाम फालेको घटना रहस्यमय रहेको सीएनएनले उल्लेख गरेको छ। घटनाबारे रुसी सन्चार माध्यम र सामाजिक सन्जालमा समेत चर्चा भएको जनाइएको छ । सीएनएनका अनुसार रुसी प्रहरीले यसबारे अध्ययन गरिरहेको छ।

मस्कोबाट ३ सय २० माइल दक्षिणमा रहेको भोरोनेजमा कार्यरत एम्बुलेन्स ड्राइभर अलेक्जान्डर सुलेपोभ गत शनिबार अस्पतालको दोस्रो तलाको झ्यालबाट हाम फाल्नुभएको थियो । उहाँको स्वास्थ्य स्थिती गम्भिर रहेको जनाइएको छ ।कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि उहाँ उपचाररत हुनुहुन्छ ।उहाँलाई अप्रिल २२ तारिखमा अस्पताल भर्ना गरिएको हो ।
सुलेपोभसहित दुई जना चिकित्सकले सामाजिक सन्जालमा एउटा भिडियो पोष्ट गर्दै अस्पताल प्रशासनले कोरोना भाइरस संक्रमणका बाबजुत आफुहरुलाई काम लगाइरहेको दावी गरेका थिए।

मे १ तारिखमा क्रासनोयार्स्कस्थित एक अस्पतालका कार्यबाहक प्रमुखले झ्यालबाट हाम फालेपछि उहाँको मृ‌त्यु भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार