काठमाडौ, बैशाख २२ (हाकाहाकी)– भियतनाममा तीन महिनापछि विद्यालयहरु खुला गरिएका छन् ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण विद्यालयहरु बन्द भएका थिए ।
जसका कारण करिब दुई करोड २० लाखभन्दा बढी विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका थिए ।
भियतनामका ६३ प्रान्तमध्ये १८ वटामा आजदेखि विद्यालयहरु खुला गरिएका छन् ।
अन्य ३० राज्यमा प्रारम्भिक विद्यालयहरु र किन्डरगार्डेनहरु खुला गरिएको बि.बि.सि को खबरमा उल्लेख छ ।