Friday, November 8, 2024

कोरोना नियन्त्रण गर्न ३ अर्ब ४२ करोड खर्च

काठमाडौ, बैशाख २२ (हाकाहाकी)– कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ ।
सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा रकम खर्च गरेको हो ।

अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न चाहिने स्वास्थ्य सामग्री खरिद र जनशक्ति परिचालनका लागि स्वास्थ्य मन्त्रालयलाई एक अर्ब आठ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई दुई अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार