Friday, November 8, 2024

कोरोना परीक्षणका सामग्री ल्याउदै सरकार

काठमाडौ, बैशाख २२ (हाकाहाकी)– सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ ।
पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन थालिएकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । नेपाली सेनामार्फत जर्मनीबाट ती कीट ल्याउन थालिएको हो । मन्त्रालयले पहिलो पटक बोलपत्र आह्वानबाट ७० हजार आरडिटी कीट ल्याएको थियो ।

पिसिआरबाट भने क्षमताअनुसार परीक्षण गरिएको छ । सरकारले क्वारेन्टाइनमा रहेका सबैको परीक्षण गर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताउनुभयो ।

अहिलेसम्म क्वारेन्टाइनमा २१ हजार ९५८ रहेका छन् । पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ ।

त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार