Friday, November 8, 2024

छ महिनासम्म तारे होटल बन्द

काठमाडौ, बैशाख २२ (हाकाहाकी)– कोभिड–१९ को प्रभावले आउने छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् ।

होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को प्रभावले समग्र पर्यटन क्षेत्रमा दूरगामी नकारात्मक प्रभाव पर्ने भएकाले ६ महिनाका लागि होटलको सेवा बन्द गर्ने निर्णय गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो ।

उहाँले पर्यटकस्तरीयदेखि पाँचतारे होटलमा यो निर्णय लागू हुने बताउँदै विशेषगरी पाँचतारे होटलमा ठूलो जनशक्ति भएकाले उनीहरुको व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको बताउनुभयो ।
अन्य पर्यटकस्तरीय होटल भने आवश्यकताका आधारमा सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।

हानमा आबद्ध मुलुकभर पर्यटकस्तरदेखि पाँचतारे गरी करिब तीन हजार होटल आबद्ध छन् । यिनमा झण्डै ४८ हजार श्यया रहेको बताइएको छ ।

विश्वव्यापी प्रभावसँगै नेपालको होटल क्षेत्रमा नराम्ररी असर पुगेको भन्दै व्यवसायीले सरकारसमक्ष राहत प्याकेज ल्याउन आग्रह गरिरहेका छन् ।

हानका प्रथम उपाध्यक्ष शाहका अनुसार अहिले बजेट निर्माणका क्रममा सरकारसँग रोजगार संरक्षण कोष स्थापना गर्न माग गरिएको र त्यो कोषमार्फत सामाजिक सुरक्षा कोषको रकम श्रमिक मजदुरलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।
बैठकले ६ महिनासम्म होटलमा काम गर्ने कर्मचारीको हकमा ६ महिनासम्म अर्थात् असोज मसान्तसम्म प्रत्येक महिना आधारभूत तलबको १२.५ प्रतिशतको दरले हुन आउने रकम उपलब्ध गराउनेछ ।

यो सँगै सेवा शुल्क उपलब्ध गराउने होटलहरुले श्रमिकले पाउने सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना उपलब्ध गराउने निर्णयसमेत गरेको छ । २२ (हाकाहाकी)– कोभिड–१९ को प्रभावले आउने छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् ।

होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को प्रभावले समग्र पर्यटन क्षेत्रमा दूरगामी नकारात्मक प्रभाव पर्ने भएकाले ६ महिनाका लागि होटलको सेवा बन्द गर्ने निर्णय गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो ।

उहाँले पर्यटकस्तरीयदेखि पाँचतारे होटलमा यो निर्णय लागू हुने बताउँदै विशेषगरी पाँचतारे होटलमा ठूलो जनशक्ति भएकाले उनीहरुको व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको बताउनुभयो ।
अन्य पर्यटकस्तरीय होटल भने आवश्यकताका आधारमा सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।

हानमा आबद्ध मुलुकभर पर्यटकस्तरदेखि पाँचतारे गरी करिब तीन हजार होटल आबद्ध छन् । यिनमा झण्डै ४८ हजार श्यया रहेको बताइएको छ ।

विश्वव्यापी प्रभावसँगै नेपालको होटल क्षेत्रमा नराम्ररी असर पुगेको भन्दै व्यवसायीले सरकारसमक्ष राहत प्याकेज ल्याउन आग्रह गरिरहेका छन् ।

हानका प्रथम उपाध्यक्ष शाहका अनुसार अहिले बजेट निर्माणका क्रममा सरकारसँग रोजगार संरक्षण कोष स्थापना गर्न माग गरिएको र त्यो कोषमार्फत सामाजिक सुरक्षा कोषको रकम श्रमिक मजदुरलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।
बैठकले ६ महिनासम्म होटलमा काम गर्ने कर्मचारीको हकमा ६ महिनासम्म अर्थात् असोज मसान्तसम्म प्रत्येक महिना आधारभूत तलबको १२.५ प्रतिशतको दरले हुन आउने रकम उपलब्ध गराउनेछ ।

यो सँगै सेवा शुल्क उपलब्ध गराउने होटलहरुले श्रमिकले पाउने सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार