कर्णाली प्रदेशले एक साता नाका सिल गर्ने

काठमाडौ, बैशाख २२ (हाकाहाकी)– कोरोना भाइरसको संक्रमण फैलिन नदिन कर्णाली प्रदेश सरकारले कर्णाली भित्रिने सबै नाका आउने एक साता सिल गर्ने निर्णय गरेको छ ।
सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले कर्णाली प्रदेश छिर्ने सबै नाकाहरु सिल गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँके, सल्यान, कैलालीको नाका भएर कर्णाली प्रवेश गर्ने नाकाहरुमा विशेष कडाई हुनेछ ।
सामाजिक विकास मन्त्री एवं प्रदेश स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने सरकारको तयारी छ।

नेपालको धेरै स्थानमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा, कर्णाली प्रदेशमा अहिलेसम्म एक जना पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन।

ताजा समाचार

सम्बन्धित समाचार