Friday, November 8, 2024

सेनाले सम्झौता मिती भित्र चिनबाट स्वास्थ्य सामग्री ल्याउन सकेन

काठमाडौ, बैशाख २२ (हाकाहाकी)– नेपाली सेनाले सम्झौता बमोजिम समयमा चीनबाट स्वास्थ्य सामग्री ल्याउन नसक्ने भएको छ ।

सेनाले चीनबाट कोरोनासम्बन्त्री मेडिकल सामग्री मे ५ तारिखसम्म ल्याइसक्ने सम्झौता गरेको थियो ।

चीनमा मे १ देखि ५ तारिखसम्म सार्वजनिक बिदा भएका कारण ग्वान्जाउ विमानस्थलमा काम गर्न नसकिने भएपछि समयमै सामग्री ल्याउन नसकिने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

उहाँले नेपालमा ढिलोमा मे १३ तारिखसम्ममा स्वास्थ्य सामग्री आइसक्ने बताउनुभयो ।

सेनाले औषधि र विभिन्‍न स्वास्थ्य सामग्री खरिदका लागि १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकन डलर अप्रिल ७ तारिखमा चीन पठाएको प्रवक्ता पाण्डेले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार