Friday, November 8, 2024

शरीरमा कीटनाशक औषधि छर्कदा स्वास्थ्यमा असरः स्वास्थ्य मन्त्रालय

काठमाडौ, बैशाख २२ (हाकाहाकी)– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शरीरमा कीटनाशक पदार्थ छर्कदैँमा कोरोना भाइरस निको नहुने तर त्यसले स्वास्थ्यमा असर गर्ने जनाएको छ ।
देशका विभिन्न स्थानमा कीटनाशक झोलहरु शरिरमा छर्कने गरिएका खबर तथा तस्बिरहरु सार्वजनिक भइरहेका बेला मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्ता किटनाशक झोलमा पानीमा मिसाइएको सोडियम हाइड्रोक्लोराईड र क्लोरिनको झोल हुने भएकाले त्यसले शरिरमा हानी पुर्‍याउने बताउनुभयो ।

यस्ता डिसइन्फेक्टहरु सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वास सम्बन्धी बिभिन्न समस्याहरु पनि उत्पन्न भएको विभिन्न अध्ययनहरुले देखाएको प्रवक्ता डा. देवकोटाले बताउनुभएको छ ।

तर तोकिएको मापदण्डहरु पूरा गरेर सही तरिकाले सही मात्रामा कीटनाशक छर्कँदा भुई र सतहहरुलाई भने निसंक्रमण गर्न मद्दत पुग्ने उहाँले बताउनुभएको छ ।

उहाँले बिभिन्न सवारी साधनहरु, बिभिन्न बस्तुहरु, प्याकिङ गरिएका सामग्री आदिमा स्प्रे गरेर ती वस्तुका सतहलाई निसंक्रमण गर्न सकिने बताउनुभयो ।

कोभिड १९ बाट जोगिने सबैभन्दा सरल र महत्वपूर्ण उपाय २० सकेन्डसम्म मिचिमिची साबुन पानीले हात धुने र लकडाउनको पालना गरेर सामाजिक दूरी कायम गरेर यो भाइरसबाट जोगिन सक्ने प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार