लकडाउन स्वरुप मस्यौदा मंगलबार मात्र

काठमाडौ, बैशाख २२ (हाकाहाकी)– कोभिड–१९ उच्च स्तरीय समितिले वैशाख २५ पछि लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा मंगलबार मात्रै मस्यौदा तयार गरी सरकारलाई बुझाउने बताएको छ ।

समितिको सोमबारको बैठकमा कुनै निर्णय नभएको सदस्यसचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।

वैशाख २५ पछि कसरी जाने भन्नेबारे आन्तरिक गृहकार्य र विश्लेषणको सिलसिला जारी रहेको उहाँले बताउनुभएको छ । उहाँले अझै दुई–तीन दिनमा प्रदेश, स्थानीय तहबाट सुझाव लिएर वैशाख २५ पछि कसरी अघि बढ्ने भनेर टुंगो लगाइने जानकारी दिनुभयो ।

सदस्यसचिव बिडारीले भोलि बस्ने बैठकले त्यसबारे निर्णय गर्नसक्ने बताउनुभयो ।

उहाँका अनुसार उच्चस्तरीय समितिले विज्ञहरुसहित बसेर अध्ययन गरिरहेको र मंगलबबार पनि उच्चस्तरीय समितिको बैठक छ ।

ताजा समाचार

सम्बन्धित समाचार