काठमाडौ, बैशाख २१ (हाकाहाकी)– पछिल्लो २४ घण्टामा रुसमा १० हजार कोरोना संक्रमित थपिएका छन् ।
सबभन्दा धेरै कोरोना संक्रमितको संख्या राजधानी मस्कोमा रहेको छ । मस्कोमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा भने कमी आएको छ । हालसम्म रुसमा एक हजार २८० कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसअघि बिहीबार रुसी प्रधानमन्त्री मिखाइल मिसुतिनलाई कोरोना संक्रमण देखिएको थियो भने हिजो निर्माण मन्त्री भ्लादिमिर यकुसेफलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको थियो ।
रुसमा कोरोना परीक्षणलाई तीव्रता दिइएका कारण संक्रमितहरु धेरै देखिएको बताइएको छ । राजधानी मस्कोमा मात्रै एक दिनमा ४० हजारको कोरोना परीक्षण गरिएको थियो ।
रुसमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ३४ हजार ६८७ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको बीबीसी ले उल्लेख गरेको छ ।