काठमाडौ, बैशाख २१ (हाकाहाकी)– कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य सामग्रीको शंकास्पद भण्डारमा वाणिज्य विभागले सिल गरेको छ ।
काठमाडौंको बरमहलमा रहेको एक कार्यालयमा राखिएको ६३ कार्टुन व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), पञ्जा, चस्मा लगायतको गोदाममा सिल गरिएको वाणिज्य विभागले जनाएको छ ।
बालाजु क्षेत्रमा बिक्री पसल रहेको आँखु इन्टरप्राईजेजको भण्डारण अरु नै प्रयोजनमा खोलिएको कार्यालयमा पाईएपछि सिल गरिएको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले जानकारी दिनुभयो ।
स्वास्थ्य सामाग्रीको भण्डारण सूचना प्रविधि सम्बद्ध कार्यालयमा पाइएपछि सम्बन्धित कम्पनीसँग थप कागज पत्र मगाएको पनि विभागले जनाएको छ ।