Friday, November 8, 2024

लकडाउन अघि अनलाइनबाट नयाँ भर्ना नलिन सरकारको निर्देशन

काठमाडौ, बैशाख २१ (हाकाहाकी)– कोरोना भाइरस (कोभिड–१९)को सक्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी लकडाउन अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ ।
लकडाउनको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले विद्यालयलाई आह्वान गरेका छन् ।

कतिपय निजी क्षेत्रका विद्यालयले अनुमतिबेगर अनलाइनबाट भर्ना लिन थालेको र वैशाख महिनाको समेत शुल्क लिन थालेको गुनासो बढेपछि सरकार तथा निजी विद्यालयका संस्थाहरूले अहिले अनलाइन भर्ना नलिन निर्देशन दिएका हुन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीका पुरीले कसैलाई पनि अनलाइनमा विद्यार्थी भर्ना लिन नभनिएको बताउनुभयो । देशभरका प्याब्सन मातहतका विद्यालयले भर्ना नलिने उहाँको भनाइ छ ।

“लकडाउनको विषयमा सरकारले वैशाख २६ पछि लिने निर्णय हेरेर मात्र अघि बढ्ने उहाँको भनाइ छ ।

सरकारबाट लकडाउन आंशिक रूपमा मात्रै खुलाउने, सामाजिक दूरी कायम गर्ने हिसाबले अभिभावक विद्यालयसम्म आउने वातावरण नबनेसम्म विद्यार्थी भर्ना लिन नहुने प्याब्सनले जनाएको छ ।

प्याब्सनले आफू मातहतका धेरै विद्यालयले विद्यार्थीको नतिजा भने प्रकाशित गरेको जनाएको छ । वैशाख १९ सम्म नतिजा प्रकाशित गर्न प्याब्सनले मातहतका विद्यालयलाई निर्देशन दिएको थियो ।

केही विद्यालयका अन्तिम परीक्षा अझै नसकिएकाले वैशाख २५ भित्र कक्षा ९ सम्मको नतिजा प्रकाशित गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । केही पालिकाका निजी विद्यालयले अझै परीक्षा लिन नसकेका कारण विद्यार्थीको यसअघिको आन्तरिक परीक्षाका आधारमा अन्तिम नतिजा प्रकाशित गर्न भनिएको उहाँले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार