Friday, November 8, 2024

नेपालको प्रेस स्वतन्त्रता खस्कियो

काठमाडौ, बैशाख २१ (हाकाहाकी)– रिपोर्टर विदाउट बोर्डर (आरएसएफ)ले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२ आँै स्थानमा छ ।

आरएसएफको वाार्षिक विश्लेषण अनुसार नेपाल १८० देशमध्ये ३५.१० अङ्कसहित गएको बर्ष भन्दा ६ स्थान तल ११२ औँ स्थानमा पुगेको छ । गत वर्ष २०१९ मा नेपाल सूचीको १०६ औँ स्थानमा थियो ।

बहुलवाद, सञ्चारमाध्यमको स्वतन्त्रता, स्वनियन्त्रण, पारदर्शिता, पूर्वाधार, हिंसा तथा दुुव्र्यवहारलगायत सूचक विश्लेषण गरी यो सूचकाङ्क तयार गरिएको आरएसएफले जनाएको छ ।

दक्षिण एसियामा नेपालको स्थान भुटान र माल्दिभ्सभन्दा पछाडि छ । यो वर्ष भुटान ६७औँ र माल्दिभ्स ७९औँ स्थानमा छन् । अफगानिस्तान १२२औँ, श्रीलङ्का १२७औँ, भारत १४२औँ, पाकिस्तान १४५औँ र बङ्गलादेश १५१औँ स्थानमा छ ।

ताजा समाचार

सम्बन्धित समाचार