Friday, November 8, 2024

क्वारेन्टाइनमा लैजादै गर्दा मृत्यु भएकाको स्वाब परीक्षण

काठमाडौ, बैशाख २१ (हाकाहाकी)– क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आइतबार परीक्षणका लागि पठाइएको छ ।

पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।

रिपोर्टपछि मात्रै जुनेमा कोरोना भएको वा नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । रिपोर्ट एक÷दुई दिनभित्रै आउने उहाँले बताउनुभयो ।

भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको हिजो मृत्यु भएको थियो । लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिनुभएको थियो ।

एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए । उहाँको पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार