Friday, November 8, 2024

दिल्ली प्रदेशका ११ जिल्ला उच्च जोखिममा

काठमाडौ, बैशाख २० (हाकाहाकी)–भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि रेड जोनबाट तत्काल नहटाइने भएको छ ।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने आज जानकारी दिनुभएको हो ।

दिल्लीका ११जिल्लालाई यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिने उहाँले बताउनुभएको हो ।

कुनै पनि जिल्लामा कोरोनाभाइरसबाट संक्रमित विरामीको संख्या दशभन्दा बढी भएमा त्यस जिल्लालाई उच्च जोखिमको जिल्लाका रुपमा सूचिकृत गरिने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो ।

केन्द्रीय स्वास्थ्य मन्त्रीले पनि हिजो देशभरका १३० जिल्ला उच्च जोखिमपूर्ण जिल्लाको सूचिमा रहेको बताउनु भएको थियो ।

यही मे ४ तारिखदेखि देशव्यापी लकडाउनको म्याद फेरी थप्ने निर्णय भएकैदिन उहाँले रेड जोनमा रहेका जिल्लाहरुको सूचि बनाइएको जानकारी दिनु भएको हो ।

उहाँका अनुसार देशभरका २८४ जिल्लालाई “ओरेन्ज जोन”र ३१९ जिल्लालाई “ग्रिन जोन”का रुपमा सूचिकृत गरिएको छ ।

मन्त्री जैनले केन्द्रीय राजधानी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आज सम्म तीन हजार ७३८ पुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल सङ्क्रमित मध्ये झण्डै ३२ प्रतिशत अर्थात एक हजार १६७ जना अहिले ्संक्रमणमुक्त भइसकेका छन् ।

देशभरी संक्रमितको संख्या भने ३७ हजार भन्दा बढी पुगेको छ ।

कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार