Friday, November 22, 2024

बम विष्फोटमा ज्यान गुमाएका ४ बालबालिकाको दाहसंस्कार

काठमाडौ, बैशाख २० (हाकाहाकी)– बम बिष्फोटमा परि ज्यान गुमाएका रोल्पाका ४ बालबालिकाको पोष्टमार्टम पछि परिवारले दाहसंस्कार गरेका छन् ।

त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका ४ जना बालबालिकाको बिहीबार राति बाख्रा चराउन गएका बेला बम पड्केर मृत्यु भएको थियो ।

५ वर्षका विजय खत्री, ११ वर्षकी विमला खत्री, १३ वर्षका गौरव नेपाली र १४ वर्षका नोखीराम डाँगीको बम विष्फोटमा परि मृत्यु भएको थियो ।

प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टम पछि परिवारले दाहसंस्कार गरेका हुन् ।

यसैबीच गाउँपालिकाले तत्काल दाहसंस्कार खर्च, किरिया खर्च र अन्य तत्काल आवस्यक पर्ने खर्चको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको बैठकले उक्त सहयोग तत्काल गर्ने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष सावित्री बुढा घर्तीमगरले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार