Friday, November 8, 2024

कस्तुरी मृग मारेको आरोपमा सात जना पक्राउ

काठमाडौ, बैशाख २० (हाकाहाकी)– सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तूरी मृग मारेको आरोपमा सात जना पक्राउ परेका छन् ।

निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको आरोपमा ७ जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

स्थानीय युवा क्लब र मध्यवर्ती क्षेत्रका उपभोक्ताले पाङ्बोचे र फोर्चेबाट हिजो नियन्त्रणमा लिएका ७ जनालाई नाम्चे ल्याइएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाका अनुसार उनीहरुको संलग्नता देखिएपछि स्थानीयनागरिकले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । लुकेर बसेका उनीहरुलाई स्थानीयले छापा मारेर नियन्त्रणमा लिएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार