काठमाडौ, बैशाख २० (हाकाहाकी)–कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ ।
जसमा नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा रुना झा कोरोना भाइरस नियन्त्रणका लागि अग्र पंङतिमा रहेको यूएन वुमनले उल्लेख गरेको छ ।
उहाँको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन १७५ जनाकै रिपोर्ट तयार पारिएको थियो ।
यूएन वुमेनले सार्वजनिक गरेको उत्कृष्ट ५ कथामा नेपालकी झासँगै चीन, ताजकिस्तान जोर्डन, एन्टीगुवाका महिलाको कथा समेटिएको छ जो कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गरिरहे्का छन् ।