काठमाडौ, बैशाख २० (हाकाहाकी)–दक्षिण अफ्रिकाका पूर्वब्याट्सम्यान हर्सेल गिब्सले आफ्नो लक्कि ब्याट लिलामीमा राख्नुभएको छ ।
उहाँले कोरोना भाइरससंक्रमण विरुद्धको अभियानमा सहयोग गर्नका लागि आफ्नो लक्की ब्याट लिलामीमा राखेको ट्वीटरमार्पmत जानकारी गराउनुभएको हो ।
ओ डी आईमा इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पछ्याउँदै जीत हात पारेको खेलमा प्रयोग गरेको ब्याट गिब्सले लिलामीमा राख्नुभएको हो ।
सन् २००६ मा जोहानेसवर्गमा भएको अष्ट्रेलिया विरुद्धको पाँच खेलको सिरिजको अन्तिम खेलमा गिब्सले १७५ रन बनाएपछि दक्षिण अफ्रिका १ विकेटले विजयी भएको थियो ।
अष्ट्रेलियाले दिएको ४३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १ बल मात्र बाँकी हुँदा ९ विकेट गुमाएर ४३८ रन बनाउँदै खेल जितेको थियो ।
अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै कप्तान रिक्की पोन्टिङको १६४ रन सहयोगमा ४ विकेटको गुमाएर ४३४ रन बनाएको थियो।
गिब्सले १११ बलमा २७ चौका र ७ छक्काको सहयोगमा १७५ रन बनाउनुभएको थियो ।
उहाँले दोस्रो विकेटका लागि कप्तान ग्रीम स्मिथसँग १८७ रनको साझेदारी गर्नुभएको थियो भने एबीडे भिलियर्ससँग मिलेर तेस्रो विकेटका लागि ९४ रनको साझेदारी पनि गर्नुभएको थियो ।
खेलमा गिब्स र पोन्टिङ दुवै म्यान अफ दि म्याच बनेका थिए ।