Friday, November 8, 2024

पछिल्लो २४ घण्टामा देखिएनन कोरोना संक्रमित, परीक्षण साढे १२ सयको

काठमाडौ, बैशाख २० (हाकाहाकी)– पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभएको छ ।

अहिले नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसमा ४९ पुरुष र १० जना महिला रहेका छन् । संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन् । यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । अहिलेसम्म पि सि आर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् ।

यसैगरी आर डि टी विधिबाट ४८ हजार ५ सय २९ वटा परीक्षण भएका छन् । प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश नम्बर २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५ वटा आर डी टी परीक्षण भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिममा १३ हजार ८ सय २३ वटा आर डि टी परीक्षण भएका छन् ।

देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ८ सय ६५, प्रदेश नम्बर २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चि प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा रहेका छन् ।
काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।

स्वास्थ्य सामग्री आउन ढिलाई
यसैबिच नेपाली सेनाले जिटुजी प्रक्रिया मार्फत छिमेकी मुलुक चिनबाट खरिद सम्झौता गरेको ३ सय ४२ टन स्वास्थ्य सामग्री मध्ये पहिलो चरणमा ल्याउने तयारी भएको ४० टन अतिआवश्यक सामग्री आउन ढिलाई हुने भएको छ ।

चार्टर विमानमार्फत आउने बैशाख २३ गते सामग्री ल्याइने भनिएपनि चिनमा हिजोदेृखी ५ दिन मजदुर दिवसको अवसरमा सरकारी विदा भएकाले, समाना ल्याउन ढिलाई हुने भएको सेनाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार