Friday, November 8, 2024

अफगानिस्तानमा ७० लाख बढी बालबालिका भोकमरीको जोखिममा

काठमाडौ, बैशाख १९ (हाकाहाकी) —अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको सेभ द चिल्ड्रेनले बताएको छ ।

कोरोना भाइरसको कारण खाद्यान्नको मूल्य अत्याधिक बढेकाले बालबालिकाहरु भोकमरीको जोखममा परेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्रा्ष्ट्रिय समुदायले तत्काल कुनै कदम नचाले अफगानिस्तानले अहिले भोक, रोग र मृत्युको आँधीको सामना गर्नु पर्नेछ।
अफगानिस्तानको कुल जनसंख्याको एक तिहाइ बालबालिकाको संख्या छ । देशका ७३ लाख बालबालिका अहिले भोकमरीको संघारमा रहेको उल्लेख छ ।

संयुक्त राष्ट्रसंघले हालै अफगानिस्तानलाई भोकमरीको जोखिममा रहेको देशको सूचिमा राखेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार