Friday, November 8, 2024

कोरोना प्रभावित उद्योगलाई राहत दिईने

काठमाडौ, बैशाख १९ (हाकाहाकी)— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रममा कोरोना प्रभावित उद्योगलाई राहत दिने विषय समेटिने बताएको छ ।

बैङ्क ब्याजदर र विद्युत महसुलमा सहुलियत र आयकर छुटसम्मको योजना नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
अन्तिम छलफल भइरहेको मन्त्रालयको नीति तथा कार्यक्रममा कोरोना प्रभावित उद्योगलाई विद्युत महसुलमा सहुलियत दिने, उद्योगीलाई आयकर छुट दिने, बैंक ब्याजदर ९ प्रतिशतभन्दा नबढ्ने गरी राष्ट्र बैङ्कमार्फत व्यवस्था गर्ने विषय रहेको उपसचिव बस्नेतले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार