Friday, November 8, 2024

लकडाउनले सुध्रियो वायुको स्तर, सबैतीर हरियो संकेत

काठमाडौ, बैशाख १९ (हाकाहाकी)— देश भरीको हावाको प्रदूषणमा हरियो संकेत अर्थात् मानिसको बसोबासका लागि योग्य देखाएका छ ।

नेपाल सरकारको वातावारण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरुले हरियो संकेत अर्थात् मानिसको बसोबासका लागि योग्य देखाएको वातवारण विभागले जनाएको छ।

नेपालमा सन् २०१६ पछि हावाको प्रदूषण नाप्न थालिएको र त्यसयता पहिलोपटक नेपालभर नै ग्रीन सिग्नल (हरियो संकेत) देखिएको पनि बिभागका उपमहानिर्देशक एवम् प्रवक्ता ईन्दुविक्रम जोशीले जानकारी दिनुभयो ।

गाडीहरुको धुवाँको को साथै इँटाभट्टालगायतका उद्योगहरुको बाट निस्कने प्रदूषण कम भएका कार प्रदूषणमा ग्रीन सिङ्गनल देखीएको प्रवक्ता जोशीले बताउनु भयो ।

विश्व स्वास्थ्य सङ्गठनले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वाको अन्तर्रा्ष्ट्रिय मापदण्ड २५ तोकेको छ ।

यस्तै नेपालले ४० सा सीमित राख्ने लक्ष्य लिएको छ । प्रदूषण मापन केन्द्रहरुले अक्वा ५० सम्म हरियो अर्थात् बसोबासका लागि उत्तम, एक सयसम्म पहेँलो बसोबासका लागि योग्य, एक सय ५० सम्म बैजनी अर्थात् समस्यापूर्ण र एक सय ५० भन्दा माथि गएमा रातो , बसोबासका लागि अयोग्यको सङ्केत देखाउने गरेको प्रवक्ता जोशीले बताउनुभयो ।

नेपालमा काठमाण्डौ, सिमरा, दाङ, धनकुटालगायतका मापन केन्द्रहरुले धेरैजसो समय रातो सङ्केत देखाउने गरेकोमा केही दिनदेखि नेपालभर हरियो सङ्केत देखिएको छ ।

नियमित पानी पर्नुले पनि हावाको प्रदूषण घटेको र सबैभन्दा बढी प्रभाव पार्ने उद्योग र गाडी नचलेकोले पनि प्रदूषण कम भएको बताईकएको छ।

ताजा समाचार

सम्बन्धित समाचार