काठमाडौ, बैशाख १९ (हाकाहाकी)— कोरोना संक्रमणको जोखिममा रहेकै बेला देशका विभिन्न स्थानमा दादुरा रोग फैलिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
गत माघ महिनायता तीनवटा प्रदेशको सात जिल्लामा दादुरा रोगको प्रकोप देखिएको थियो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार अहिलेसम्म झापा, सर्लाही, चितवन, काठमाडौँ, ललितपुर, धादिङ र गोरखामा गरी १८५ जनामा दादुरा संक्रमण देखिएको छ ।
झापाको दमकमा २१, सर्लाहीमा ६, ललितपुरको खोकनामा १८, धादिङको वेनिघाट र गजुरीमा गरी ११३, काठमाडौँको पेप्सीकोलामा १४, चितवनको राप्ती नगरपालिकामा ८ र गोरखाको गण्डकी गाँउपालिकामा ५ जनामा दादुरा देखिएको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ ।