काठमाडौ, बैशाख १९ (हाकाहकी)— कोरोनाभाइरस सङ्क्रमण भएर निको हुने मानिसको संख्या १० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ।
विश्वभरि पुष्टि भएका सङ्क्रमणको सङ्ख्या ३० लाख नाघिसकेको छ। तीमध्ये दुई लाख ३०,००० जनाभन्दा बढीको मृत्यु भएको छ।
कोभिड(१९ हुँदा मृत्युदर कम भएकाले कोरोनाभाइरस सङ्क्रमितहरूको ठूलो सङ्ख्या निको हुने विज्ञहरूले बताएका छन्।
सक्रमण भएका झन्डै ८० प्रतिशत व्यक्तिलाई त झन् कुनै लक्षण नै नदेखिने बि.बि.सि को खबरमा उल्लेख छ ।