Friday, November 8, 2024

राष्ट्र बैंकले चौथो त्रैमासिक व्याजमा सहुलियत दिने

काठमाडौं, बैशाख १४ (हाकाहाकी)– नेपाल राष्ट्र बैङ्कले चौथो त्रैमासिकमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो तीन महिनामा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गर्नुभएका हो ।
राष्ट्र बैङ्कको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड(१९) बाट अर्थतन्त्रलाई जोगाउन आवश्यक निर्णय चाँडै लिइने बताउनुभयो ।

कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउनुका साथै साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी प्रदान गरिने गभर्नर अधिकारीले बताउनुभएको छ ।

यसैगरीसहज उहाँले ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्य्विधिमा संशाधन गरी ६० अर्ब रुपैयाँको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने बताउनुभएको छ ।
बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्ने, कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने तथा लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाउने गभर्नर अधिकारीले बताउनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार