Friday, November 8, 2024

शुलभलाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

काठमाडौ, बैशाख १४ (हाकाहाकी)– शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ पर्नुभएका शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई प्रहरीले यस्तो सिफारिस गरेको छ ।

महानगरीय प्रहरी परिषद् काठमाडौंले अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

उहाँलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृत्रिम अभावको मुद्दा चलाउन सिफारिस गरिएको छ ।

पक्राउ परेका बेला उहाँ कीर्गिस्तानका अवैतानिक दूतसमेत भएकाले मुलुकी संहिताअनुसार सार्वजनिक पदको दुरुपयोगमा पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

यो सबैगर्दा उहाँलाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ । यस्तै उहाँको साथबाट बरामद भएको स्वास्थ्य सामग्री जफत गरी १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउन प्रहरीको सिफारिस छ ।

ताजा समाचार

सम्बन्धित समाचार