Friday, November 8, 2024

सुदूरपश्चिम आइसोलसनका एक सय बढि डिस्चार्ज

काठमाडौं, बैशाख १४ (हाकाहाकी)– सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म आइसोलेशनमा राखिएका १०० जनाभन्दा बढी डिस्चार्ज भएका छन् ।

प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा स्थापना गरिएका आइसोलेसनबाट १०६ जनालाई डिस्चार्ज गरिएको हो । प्रदेशमा सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सेतीबाट हालसम्म ३९ जनाई डिस्चार्ज गरिएको छ ।

अछामको बयलपाटा अस्पतालबाट १४, डडेल्धुरा अस्पतालबाट १२, अछाम जिल्ला अस्पतालबाट १०, डोटी जिल्ला अस्पताल र महाकाली प्रादेशिक अस्पतालबाट ६र६ जनालाई डिस्चार्ज गरिएको निर्देशनालयका मेडकल अधिकृत डा. भूषण मिश्रले जानकारी दिनुभयो

त्यसैगरी बाजुरा र बैतडी जिल्ला अस्पतालबाट चार चार जना डिस्चार्ज भएकाछन् । कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रबाट तीन, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, टिकापुर अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पतालबाट २र२, बझाङ र बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट १ र १ जनालाई डिस्चार्ज गरिएको जनाइएको छ ।

प्रदेशका विभिन्न अस्पतालमा हाल शंकास्पद ६ जना व्यक्तिहरुलाई आइसोलेसनमा राखी उपचार भइरहेको निर्देशनालयका मेडिकल अधिकृत डा. मिश्रले जानकारी गराउनुभएको छ ।

महाकाली प्रादेशिक अस्पतालमा दुई, सेती प्रादेशिक, बैतडी जिल्ला अस्पताल, डडेल्धुरा अस्पताल र चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा १र१ जनालाई आइसोलेसनमा राखिर उपचार भइरहेको छ ।

प्रदेशमा ‍र्यापिड टेष्टमार्फत १० हजार २ सय ४ र पीसीआरबाट २ हजार ६ सय ६५ गरी १२ हजार ८ सय ६९ जनामा कोरोना परीक्षण भइसकेको निर्देशनालय जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार