काठमाडौ, बैशाख १४ (हाकाहाकी)– स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा चार जना कोरोना संक्रमण निको भई घर फर्किएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित जानकारी गराउने क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीरगञ्जमा उपचार गराइरहेका १९ वर्षीय एक युवक र अन्य तीनजनाको डिस्चार्ज भएको जानकारी दिनुभयो ।
योसँगै नेपालमा संक्रमण निको भई घर फर्किनेको संख्या १६ पुगेको छ । हालसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्समध्ये ३५ जना उपचाररत छन् ।