काठमाडौं, बैशाख १४ (हाकाहाकी)– प्रिमियर लिग क्लब चेल्सीले खेलाडीले तलब कटौती नगर्ने भएको छ ।
कोरोना भाईरसका कारण आर्थिक संकटबाट गुज्रिरहेका युरोपका क्लबहरुले खेलाडीकोे तलबमा कटौती गरेका छन् । तर लण्डन क्लब चेल्सी खेलाडी सहित कर्मचारीलाई पुरै तलब दिन सहमत भएको छ ।
उहाँले खेलाडीसंग यस महिनाको तलबमा १० प्रतिशतले कटौती गर्ने प्रस्ताव गरेको थियो ।
चेल्सीको बोर्ड बैठकले विभिन्न च्यारिटीमा सहयोग गर्न खेलाडीहरुमा आग्रह गरेको छ ।
तलब कटौतीको बिषय क्लब र खेलाडीबीच निरन्तर छलफल भएको थियो । खेलाडीका तर्फबाट कप्तान सिजर अज्प्लिक्युएटाले प्रतिनिधित्व गरेका थिए ।
खेलाडीले बताए अनुसार क्लबले यस महिना १० प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको थियो । तर यस बिषयमा क्लब र खेलाडीबीच कुनै किसिमको सहमती बन्न सकेन ।
चेल्सीले खेलाडी सहित सबै कर्मचारीको तलब पुरै भुक्तान गर्ने पुष्टि गरेको छ ।